Saturday, November 7, 2015

मैत्रीपूर्ण कवड्डीमा नेपालले भारतीय टिमलाई जित्यो

भीमदत्तनगर, २१ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–नेपाल कवड्डीको उपाधि नेपाली टिमले जितेको छ ।

प्रतियोगितामा भारतको हरियाणा राज्यको टिमलाई कञ्चनपुर कवड्डीको टिमले ४२–२० अङ्कले पछि पार्दै उपाधि जित्न सफल भएको हो ।

कञ्चनपुर कवड्डी सङ्घले आयोजना गरेको प्रतियोगितामा विजयी टिमलाई नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पुरस्कृत गर्नुभएको थियो ।

यसअघि आजै बिहान भएको प्रतियोगिताको उद्घाटन नेता साउदले गर्नुभएको थियो भने कांग्रेस कञ्चनपुरका सभापति बहादुरसिंह थापा, नेकपा (एमाले)का अध्यक्ष तारा लामातामाङ, कञ्चनपुर खेलकुद समितिका अध्यक्ष शेरबहादुर चन्द, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्र बहादुर चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts