Saturday, November 21, 2015

झापामा करेन्ट लागेर एकको मृत्यु

सुरुङ्गा (झापा), ५ मङ्सिर । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज अपराह्न झापाको बिर्तामोडमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गिरीबन्धु टी स्टेटमा कार्यरत ३५ वर्षीय मजदुर मसिने सार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिनुभयो ।

गरामनी–५ भएर बग्ने हर्चना खोलामा अपराह्न माछा मार्दामार्दै उनलाई करेन्ट लागेको र उनको तत्काल मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts