काठमाडौँ, ५ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सङ्कटबाट मुलुकलाई मुक्त गर्न पार्टीले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।
दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको दुई वर्ष पुगेको अवसरमा नेका ४ नं क्षेत्रीय समितिले आज आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अघोषित नाकाबन्दीका नाममा भारतले नेपाललाई शत्रुलाई समेत गर्न नहुने व्यवहार गरेको छ भन्नुभयो ।
कार्यक्रममा काँग्रेस नेता चिरञ्जीवीनिधि तिवारी, ४ नं क्षेत्रीय सभापति न्हुछेनारायण श्रेष्ठ, उपसभापति केशवप्रसाद ढकाल, सचिव श्यामकृष्ण सङ्गत र इन्जिनियर रोहित पौडेललगायतका वक्ताले नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा वर्तमान पदाधिकारीहरुले युवा पुस्तालाई नेतृत्वका लागि मार्गप्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment