Friday, November 27, 2015

उपराष्ट्रपति पुन र थाइल्याण्डका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, ११ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनस“ग नेपालका लागि थाइल्याण्डका राजदूत भुट्टी भुट्टिसेन्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र नेपाल–थाइल्याण्डको सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटमा राजदूत भुट्टिसेन्टले नेपाल थाइल्याण्डको असल मित्र भएको बताउँदै दुई देशको सम्बन्ध अझै सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहा“ले थाइल्याण्डका अधिकांश नागरिकले बुद्ध जन्मेको देश नेपाल घुम्न रुचाउने बताउनुभएको थियो ।

जवाफमा उपराष्ट्रपति नन्दबहादुर पुनले थाइल्याण्ड नेपालको असल मित्रराष्ट्र भएको बताउनुभयो । उहा“ले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको उपराष्ट्रपतिका स्वकीय सहसचिव तुलसी डाँगीले जानकारी दिनुभयो ।

सो अवसरमा उपराष्ट्रपतिका कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts