Thursday, November 5, 2015

काम चुस्त, पारदर्शी र जवाफदेही हुनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ, १९ कात्तिक । नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले आज पद बहाली गर्नुभएको छ ।

सो अवसरमा मन्त्री राईले सरकारको उद्देश्य र जनताको अपेक्षाानुसार सकारात्मक ढङ्गबाट सहकार्यका साथ काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।
“विभिन्न चरणमा भएका सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपालको इतिहासमा पहिलो पटक जनताले आफ्नो संविधान आफैँ बनाएका छन्, संविधान जारी भएपछि पनि केही चुनौती हाम्रा सामु छन्, त्यसलाई सबै मिलेर सामना गर्नुपर्छ”– मन्त्री राईले भन्नुभयो ।

संविधानको कार्यान्वयनसँगै वैशाख १२ गतेको भूकम्पपछिको पुनःनिर्माणसँगै मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । “सिङ्गो मुलुकको प्रशासनिक सम्पूर्ण अङ्गलाई बदल्नुपर्छ, हिजोको तरिकाले त्यही खालको कामकाजबाट जतनाको काम हुन सक्दैन, काम गर्ने तरिका बिलकुल फरक हुनुपर्छ, चुस्त, पारदर्शी र जवाफदेही हुनुपर्छ”– उहाँले भन्नुभयो ।

मन्त्री राईलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका निमित्त सचिव कविराज खनाल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक निर्मला आचार्य, गोरखापत्र संस्थानका अध्यक्ष रमेश तुफान लगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको पनि उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts