काठमाडौँ, १९ कात्तिक । जापान सरकारले काठमाडौँमा सेवारत ग्रामीण स्वास्थ्य सेवा परिषद् नामक गैरसरकारी संस्थालाई स्तरीय सेवा प्रवाह तथा उपकरणका निम्ति रु ९४ लाख ४७ हजार २६३ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी करारपत्रमा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र सामाजिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
उत्तरी काठमाडौँ र आसपासका जिल्लाका निर्धन परिवारलाई परिषद्ले स्वास्थ्य सेवा तथा औषधि न्यून मूल्यमा उपलब्ध गराउँदै आएको छ । परिषद्मा बर्सेनि ३० हजार बिरामी उपचारार्थ जाने गरेको बताइएको छ । रासस
No comments:
Post a Comment