काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेस काउन्सिल नेपालले आज भेट गरी पत्रकार आचारसंहिता उल्लङ्घनको प्रवृत्ति बढ्दै गएकामा ध्यानाकर्षण गराएको छ ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिँदै सीमित स्रोत तथा साधानका कारण नियम र अनुगमन गर्न कठिनाइ भएकाले बजेटको व्यवस्थापन गर्न माग गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको वर्तमान अवस्थामा तराईका केही सञ्चार माध्यमले झुठा कुरा, अफवाह फैलाइएकाले यस्ता कुरामा काउन्सिलले निगरानी तथा पत्रकार आचारसंहिता कार्यान्वयन गराउनुपर्ने बताउनुभयो ।
उहाँले पे्रस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै मुलुकमा सञ्चारमाध्यमलाई जिम्मेवार बनाउन प्रेस काउन्सिललाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टलगायत सहभागी हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment