Tuesday, November 10, 2015

देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

काठमाडौँ, २४ कात्तिक । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले देशको समग्र परिस्थितिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थामा बैठक केन्द्रित रहेको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts