Tuesday, November 10, 2015

घाँस काट्न गएकी महिलाको गैँडाले हानेर मृत्यु

रत्ननगर (चितवन), २४ कात्तिक । पश्चिम चितवनको नारायणी नगरपालिकामा घाँस काट्न गएकी एक महिलाको गैँडाले हानेर आज ज्यान गएको छ ।

नारायणी नगरपालिका–२ निवासी ४६ वर्षीया सोममायाँ दर्जीको गैँडाले हानेर आज ज्यान गएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज स्थानीय हरियाली राप्ती तथा बेतरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका बेला गैँडाले हानेर महिलाको घटनास्थलमा नै ज्यान गएको हो ।

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । चितवन निकुञ्जबाट आएको गैँडाले उहाँलाई आक्रमण गरेको हो ।

चितवन निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु खानाको खोजीमा सामुदायिक वनमा आउने गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts