रत्ननगर (चितवन), १२ मङ्सिर । चितवनमा आज भारतीय नाकाबन्दीविरुद्ध र सद्भावका लागि भन्दै छुट्टाछुट्टै रुपमा विभिन्न सङ्घसङ्गठनले प्रदर्शन गरेका छन् ।
चितवनमा नेकपा माओवादीले भारतीय हस्तक्षपको विरोध ¥यालीसहित आज प्रदर्शन गरेको छ ।
चितवनको चौविसकोठीबाट नारायणगढसम्म उनीहरुले प्रदर्शन गर्दै हस्तक्षेप र नाकाबन्दी बन्द गर्न माग गरेका थिए । सो पार्टीका जिल्ला नेता किरण पोखरेलले नाकाबन्दी नरोके कडा आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।
सो विरोध ¥यालीमा १२ जना युवाले आफ्नो छातीमा अक्षर कोरेर ‘भारतीय हस्तक्षेप बन्द गर’ लेखेर प्रदर्शन गरेका थिए ।
उनीहरुको ¥याली भरतपुरको चौबिसकोठीबाट सुरु भएको थियो । नारायणगढको पुल्चोकमा पुगेर कोणसभा गरेको विप्लव माओवादीले भारतीय गाडी चल्न नदिने र भारतीय च्यानलसमेत बन्द गर्ने घोषणा गरेको छ ।
यस्तै आजै भरतपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि प्रदर्शन गरेका छन् । उनीहरुले नेपाल सरकार र आन्दोलनरत दललाई समस्या समाधान गर्ने आग्रह गर्दै दबाब ¥याली निकालेका हुन् ।
नागरिक समूहको समेत सहभागिता रहेको उक्त ¥यालीमा सद्भाव बढाउने खालका वाक्य लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । रासस
No comments:
Post a Comment