Monday, November 16, 2015

महिला लिग भलिबल मङ्सिर १९ देखि

काठमाडौँ, ३० कात्तिक । महिला डबल लिग भलिबल प्रतियोगिता आगामी मङ्सिर १९ देखि पुस ४ गतेसम्म सञ्चालन हुने भएको छ ।

ढोरपाटन स्पोट्र्स टे«निङ क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता पुसमा गर्ने भनिए पनि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि समय अभाव हुने भएपछि प्रतियोगिता अगाडि सारिएको आयोजक संस्थाका अध्यक्ष मनवीर छन्त्यालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले रु दुई लाख ६० हजार प्राप्त गर्नेछ । उपविजेता टोलीले रु एक लाख ३० हजार, तेस्रोले रु ७० हजार, चौँथोले रु ४० हजार, पाँचाँैले रु ३० हजार, छैटौँले रु २० हजार र सातौँ स्थानमा रहने टोलीले रु १० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, वर्ष खेलाडी, प्रतिभावान् खेलाडी र प्लेयर अफ द सिरिज घोषित हुने प्रत्येक खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्स, लिफ्टर, लिब्रो र सर्भर तथा प्रशिक्षकले जनही रु पाँच हजार पाउने छन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), न्यु डायमन्ड एकेडेमी, नेपाल प्रहरी क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ पोखरा, नेपाल आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, धादिङ कलाकार टिम, एन्जल्स हर्ट उच्च मावि काठमाडौँ, विन्ध्यवासिनी हाइस्कुल टोखा र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, जानकी उच्च मावि नवलपरासी र अरनिको सांस्कृतिक परिवार बागलुङ सहभागी छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts