त्रिशूली (नुवाकोट), ३० कात्तिक । सोह्र वर्षअघि आफ्नै गाविसका एक व्यक्तिको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले गए राति पक्राउ गरेको छ ।
घ्याङ्फेदी–८ का छेवाङ तामाङलाई खुकुरी प्रहर गरी हत्या गरेर फरार भएका सोही गाविस वडा नं ३ का हर्कबहादुर तामाङलाई प्रहरीले गए राति पक्राउ गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
विसं २०५७ माघ १६ गते घेवापूजामा मदिरा सेवन गरी झगडा पर्दा हर्कबहादुरले छेवाङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । सो घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको बताइएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment