Tuesday, November 17, 2015

बाइस ट्याङ्कर इन्धन भित्रियो

काँकडभिट्टा (झापा), १ मङ्सिर । पूर्वी नाका काँकडभिट्टाबाट २२ ट्याङ्कर इन्धन भित्रिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार आज १० र गएराति १२ ट्याङ्कर भित्रिएको छ । जसमा पेट्रोल चार ट्याङ्कर, डिजेल १६ ट्याङ्कर, मट्टितेल र हवाई इन्धन एक÷एक ट्याङ्कर रहेको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुुभयो ।

सोही अवधिमा भारत र तेस्रो मुलकबाट गरी ९० वटा मालबाहक ट्रकसमेत नेपाल भित्रिएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts