Saturday, November 7, 2015

बाजुरामा एक युवक मृत अवस्थामा फेला

भीमदत्तनगर, २१ कात्तिक । यही कात्तिक १० गते घरबाट हराएका बाजुरा जिल्लाको बाह्रबिस गाविस–६ देउलिसैनका एक युवक आज मृत अवस्थामा फेला परेका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार बाह्रबिस गाविस–६ का २९ वर्षीय लक्ष्मण रावल बाह्रबिस–४ स्थित बुढीगङ्गा नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीले शव सडेको अवस्थामा भेटिएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts