Tuesday, November 10, 2015

म्याच फिक्सिङ–खेलाडीलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ, २४ कात्तिक । काठमाडौँको विशेष अदालतले म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आज भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमन भट्टराई, सदस्यद्वय महेशप्रसाद पुडासैनी र भूपेन्द्रप्रसाद राईले राष्ट्रिय फुटबल टोलीका निलम्बित कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अञ्जन केसीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रशिक्षक केसी र गोलकिपर थापालाई जनही रु पाँच लाख, कप्तान थापालाई रु एक लाख ५० हजार, उपकप्तान राई र पूर्व खेलाडी क्षेत्रीलाई जनही रु ५० हजार धरौटी लिएर छाड्न विशेष अदालतले आदेश दिएको हो ।

यसअघि विशेष अदालतले पहिलो पटक १७ र दोस्रोपटक सात दिन थुनामा राख्न प्रहरीलाई आदेशसमेत दिएको थियो । विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा म्याच फिक्सिङ गरेबापत प्रत्येक खेलाडीले पाँच हजार डलर लिएको प्रहरीको दाबी छ ।

प्रहरीले उक्त खेलाडीलाई राज्यविरुद्धको अपराधमा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो । म्याच फिक्सिङको आरोपमा उक्त खेलाडीलाई गत असोज २७ गते प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts