काठमाडौँ, २४ कात्तिक । लण्डनको बेरिलबोन क्रिकेट क्लब (एमसिसी) यही कात्तिक २७ गते शुक्रबार नेपाल आउने भएको छ ।
उक्त एमसिसीको टोलीले काठमाडौँ तथा पोखरामा गरी विभिन्न ६ खेल खेल्ने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यबाहक महासचिव उत्तम कर्मचार्यले जानकारी दिनुभयो ।
क्यानका अनुसार एमएमसीको २८ गते शनिबार काठमाडौँमा नेपाल ११ र १९ वर्षमुनि (यू–१९)उमेर समूहका खेलाडीसँग ट्वान्टी ट्वेन्टी खेल खेल्नेछ ।
त्यसैगरी ३० गते सोमबार पोखरामा ११ टोलीसँग खेल्नेछ । मङ्सिर २ गते नेपाल ११ र यू–१९ का खेलाडीको टोलीसँग एक दिवसीय क्रिकेट खेल्नेछ । मङ्सिर ४ गते नेपाल बी टोलीसँग अर्को एक दिवसीय खेल हुनेछ ।
त्यस्तै विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेर फर्किएपछि एमएमसी र नेपालको सिनियर टोलीसँग मङ्सिर ५ र ६ गते दुई दिवसीय खेल खेल्नेछ भने मङ्सिर ७ गते सिनियर टोलीसँग ट्वेन्टीट्वेन्टी क्रिकेट खेल्नेछ । रासस
No comments:
Post a Comment