Tuesday, November 10, 2015

कविताद्वारा देवकोटाको सम्झना

काठमाडौँ, २४ कात्तिक । कविता वाचन गरी आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान पद्य विभागले आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औँ जन्मजयन्तीका अवसरमा “नेपाली राष्ट्रिय चिन्तनको विकास क्रममा देवकोटाको योगदान” विषयक विचार गोष्ठी तथा कविता वाचन गरिएको थियो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले देवकोटाको साहित्यमा राष्ट्रिय चिन्तनको भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियता कमजोर भए मुलुक कमजोर हुन्छ, राष्ट्रियताको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उहाँले देवकोटा नेपाली भाषा साहित्यको जग भएको बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाली कविमा राष्ट्रियताको भावना जागेको बताउनुभयो । उहाँले वीर बलभद्रदेखि भक्ति थापाको योगदानबारे देवकाले साहित्यमा प्रस्तुत गरेकाले देवकोटामा कतिसम्म राष्ट्रिय चिन्तनको भावना छ भन्ने कुरा छर्लङ्ग भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा साहित्यकार महेश प्रसाईं, अशेष मल्ल, बेञ्जु शर्मा, मित्रलाल पङ्गेनी, रामप्रसाद प्रदिप, रामबहादुर तामाङ (रावत), ललिजङ्ग रावल, रामप्रसाद ज्ञवाली, प्रमोद स्नेही, जगत पेक्षित, टङ्क उप्रेती, उमेश उपाध्याय, धर्मेन्द्रविक्रम नेम्बाङ, स्नेह सायमी, डिल्लीराज अर्यालले कविता वाचन गर्नुभएको थियो ।

यस्तै सत्या पहाडी, भानुभक्त आचार्य, पवन आले, रत्नमणि नेपाल, मणिराज सिंह, केशव सिलवाल, प्रकाश खाम्चुहाङ, विमल भोङ्खा, विनोदविक्रम केसी, धनकुमारी सुनार, सुकु साइवर, रमेश शुभेच्छुक, सविना सिन्धु, तुलसा पाठक, गौरी दाहाल र रामबहादुर पहाडीले समेत कवितावाचन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts