Monday, November 2, 2015

कास्कीमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

पोखरा, १६ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा आज जिल्लाका ६ महिनादेखि ५ वर्षसम्म उमेरका बालबालिकाका लागि भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइयो ।

जिल्लामा भिटामिन ‘ए’ खुवाउने बालबालिका ५० हजार ४३१ र जुकाको औषधि खुवाउने ४४ हजार २३० बालबालिका भएको जनस्वास्थ्य अधिकृत नानीबाबु ढकालले बताउनुभयो । यसका लागि जिल्लाका ४३० वटा केन्द्रमा एक हजार ६९ जना महिला स्वयम्सेविका र अनुगमनका लागि ३०० स्वास्थ्यकर्मी खटाइएको छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि रु १७ लाख २२ हजार खर्च हुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्य भोलि पनि रहने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts