महोत्तरी, २६ कात्तिक । दिपावली मनाउने क्रममा गएराति पसलमा बालेको दियोबाट सल्केर महोत्तरीको सितापुरमा एउटा पसलमा आगलागी भएको छ ।
सितापुर वजारमा सञ्चालनमा रहेको छठिमाई हेयर कटिङ्ग सैलुनमा दिपावली मनाउँदा पूजा गर्नेक्रममा वालेको दियोबाट आगो सल्केर आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
सो आगलागीबाट करिब रु ५० हजार बराबरको समान जलेर नष्ट भएको सञ्चालक लक्ष्मेश्वर ठाकुरले बताउनुभयो । मध्यरातमा लागेको आगोलाई स्थानीयवासी र प्रहरी मिलेर समयमै नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय सितापुरले जनाएको छ । रासस
No comments:
Post a Comment