Wednesday, November 11, 2015

जिप दुर्घटना –पाँचको मृत्यु

लमजुङ, २६ कात्तिक । लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकाको चनौटे धालुधारामा गएराति १ः३० बजे ग१ज ५५८८ नं को जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मृतकहरूमा बेँसीसहर नगरपालिका–१० का २३ वर्षीय भरत थापा, २६ वर्षीय वसन्त श्रेष्ठ, २२ वर्षीय मुसा तामाङ, २५ वर्षीय खुसिराम आले र खुदी–९ का नन्द गुरुङ रहेका छन् ।

घटनामा परी सोही स्थानका हिरा घले र अक्कल तामाङ सख्त घाइते रहेका छन् । उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बेँसीसहर नगरपालिका बेलौती बिसौनाबाट बेँसीसहरतर्फ आउँदै गर्दा जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिप्रका लमजुङले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts