Monday, November 2, 2015

संविधानको संरक्षणमा भूमिका निर्वाह गर्छु – राष्ट्रपति भण्डारी

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई युवा सङ्घ नेपालले आज बधाई दिएको छ ।

सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी उहाँको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएको हो ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य शेरधन राई, सङ्घका अध्यक्ष राजिव पहारी तथा पूर्वअध्यक्ष निरु पालसहितको प्रतिनिधि मण्डल त्यहाँ पुगेको हो ।

उक्त भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले संविधानबाट प्रदत्त राष्ट्रपति पदको गरिमालाई कायम गर्दै संविधानको संरक्षणमा भूमिका निर्वाह गरी देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts