बैतडी, २६ कात्तिक । भिरबाट खसेर तल्लो स्वराडमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्माली–५ का ४१ वर्षीय जयमल साउद रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहन पोखरेलले बताउनुभयो ।
बुधबार साँझ बजारबाट घर गइरहेका बेला सर्माली–४ मा रहेको धुलीसेरी भिरबाट खसेर साउदको मृत्यु भएको पोखरलेलले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment