Thursday, November 12, 2015

दार्चुला जिप दुर्घटनामा मर्नेको सङ्ख्या चार पुग्यो

बैतडी, २६ कात्तिक । दार्चुलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

बेपत्ता भएका थप एकजनाको शव आज भेटिएपछि मृतकको सङ्ख्या चार पुगेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार मृतक अपि नगरपालिका–११ का सुनिल लुहार रहेका छन् । लुहारको शव महाकाली नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

यसअघि मङ्गलबार किसन सिंह धामी र कैलास लुहार तथा बुधबार विमल बुढाथोकीको शव महाकाली नदीबाटै प्रहरीले निकालेकोे थियो ।

अन्य बेपत्ता दुईजनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा अपि नगरपालिका–१५ का रमेश कुँवर र अपि नगरपालिका–१२ का हरकसिंह ऐरी छन् ।

मङ्गलबार साँझ अपि नगरपालिका–१६ धापबाट सदरमुकाम खलङ्गा जाँदै गरेको म १ ज १४० नम्बरको जीप मसिनबलुवा भन्ने ठाउँबाट महाकाली नदीमा खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts