भक्तपुर, ३० कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले सरकारको आयु छोटो छ भन्नेले देशलाई बर्बादीतर्फ धकेलेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले देशमा चुलिएको समस्या समाधान गर्न छाडेर सरकारको आयु नाप्नेले नै देशलाई बर्बाद बनाएको बताउनुभयो । नेता ज्ञवालीले भन्नुभयो, “वर्तमान सरकारले सफलतापूर्वक स्थानीय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्नेछ, त्यसैले अहिलेदेखि नै यो सरकार आयु कति छ भन्नेले देशलाई बर्वादीमा धकेल्न खोजेको प्रस्ट हुन्छ ।”
भारतले लगाएको अघोषित नाकाबन्दीले उसको चरित्र विश्वसामु उदाङ्गिँदै गएको बताउँदै उहाँले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क वस्तुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाइएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको जिकिर गर्नुभयो ।
इन्धन अभाव टार्न चीनसँग गर्न लागिएको इन्धन सम्झौतामा नेपाल आयल निगमको कमजोरी रहेको आँैल्याउँदै उहाँले निगमका केही कर्मचारीको खराब नियत रहेकाले समस्या रहेकाले त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
No comments:
Post a Comment