Monday, November 16, 2015

नेका विधान संशोधनका लागि जिल्ला÷क्षेत्रीय समितिसँग सुझाव माग

काठमाडौँ, ३० कात्तिक । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा विधान संशोधन गर्न गठित समितिले संविधानसभाबाट राज्य पुनःसरचनासहितको संविधान जारी भइसकेको सन्दर्भमा पार्टी विधानमा गरिनु पर्ने हेरफेरबारे गाउँ, जिल्ला तथा क्षेत्रीय समितिसँग सुझाव माग गर्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले पार्टीको वर्तमान विधानको अभ्यास र अनुभवको आधारमा के, कस्ता सुधार र संशोधन आवश्यक छ त्यसबारे सुझाव माग गर्ने र सम्बन्धित समितिले यही मङ्सिर २० गतेसम्म सुझाव केन्द्रमा पठाइसक्ने निर्णय गरेको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय सदस्य जीवन परियारलाई पार्टी विधान संशोधन समितिको सदस्य सचिवसमेत तोकेको छ ।

सो समितिका संयोजकमा सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts