काठमाडौँ, २० कात्तिक । दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले वार्ताटोलीका संयोजक कमल थापा जेनेभाबाट फर्कनासाथ समस्याको सुरक्षित अवतरणका लागि पहल गर्ने बताउनुभयो ।
आन्दोलनका कारण विभिन्न स्वास्थ्य संस्थामा औषधिलगायतका समस्या आइपरेको भन्दै मन्त्री चौधरीले सो समस्या समाधानका लागि पनि पहल थाल्ने बताउनुभयो । सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गर्दै मन्त्री चौधरीले भन्नुभयो, “औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु ।”
मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् । रासस
No comments:
Post a Comment