Monday, November 23, 2015

मोटरसाइकल र साइकल चलाउनमा पनि रोक

गौशाला, ७ मङ्सिर । महोत्तरीमा आज मोटरसाइकल र साइकल सञ्चालनमा पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रोक लगाएका छन् ।

आज दिउँसोदेखि जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको प्रकौली, पिपरा, अलिपट्टी र सहोडवामा सडकमा मोर्चाका कार्यकर्ताले मुढा र ठूल्ठूला ढुङ्गा राखेर सडक अवरुद्ध पारेका छन् ।
त्यस्तै, जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डको औरही र रामगोपालपुरमा आन्दोलनकारीले ढाट बाँधेर नै सडक जाम गरेका छन् भने सो सडकखण्डमा पनि मोटरसाइकल र साइकलसमेत सञ्चालन गर्न दिइएको छैन ।

महोत्तरीको जलेश्वर जनकपुर, जलेश्वर बर्दिबास, जलेश्वर सम्सी, जलेश्वर मटिहानी र जलेश्वर भिट्ठामोड सबै सडकखण्डमा मोर्चाका कार्यकर्ताले ढाट बाँधेर र ढुङ्गाहरु राखेर आजदेखि पैदलबाहेकका सबै सवारीसाधनमा पूर्ण रुपले रोक लगाएका छन् । मोर्चाका कार्यकर्ताले जुन सवारीसाधन जताबाट पुग्छन् त्यसलाई त्यतै फिर्ता पठाउने गरेका छन् । जबर्जस्ती गर्नेहरुका सवारीसाधनमा तोडफोड र आगजनीको धम्की दिने गरेका छन् ।

मोर्चाका कार्यकर्ताले आज कुनै पनि प्रकारका गाडी चल्न नदिएपछि बिरामी तथा अत्यावश्यक काममा हिँडेकाहरु बिचल्लीमा परेका छन्

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts