Thursday, November 5, 2015

दुर्घटनामा १७ घाइते

कास्की, १९ कात्तिक । सराङकोट, नागडाँडा हुँदै पोखरातर्फ आउँदै गरेको यात्रुबाहक बस आज बेलुका पोखरा सिम्पानी जौवारी नजिकै दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

ग १ ख २३२० नम्बरको बस दुर्घटना हँुदा १७ जना घाइते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेमध्ये १६ जनाको मनिपाल शिक्षण अस्पताल र एकजनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts