गौशाला, ८ मङ्सिर । महोत्तरीको परिकौली फुल्हट्टा गाविस–७ का बद्री महतोले लठ्ठी प्रहार गरी आफ्ना एक छिमेकीको हत्या गरेका छन् ।
उनले परिकौली फुल्हट्टा गाविस–७ का इब्राहिम मन्सुरीलाई लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
आइतबार छिमेकी ईब्राहिमका नातिनीले बद्रीको आलु खेतमा दिसा गरेको सम्बन्धमा दुवैजनाबीच विवाद हुँदा बद्रीले लठ्ठी प्रहार गरी इब्राहिमको नाक काटिदिएका थिए ।
नाक काटिएपछि गम्भीर घाइते भएका इब्राहिमलाई परिवारले सोही दिन उपचारका लागि भारतको दरभङ्गा लगेकोमा उपचारको क्रममा आज मत्यु भएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment