वीरगन्ज, ८ मङ्सिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको गण्डक चोकमा गएराति एउटा ट्रकमा आगजनी गरेका छन् ।
चितवनबाट आएका ना ४ ख ८७४४ नम्बरको ट्रक दाना खाली गरेर फर्किने क्रममा गएराति वीरगन्ज उपमहानगरपालिका–१७ गण्डक चोक नजिकै ट्रकलाई रोकेर मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तीनवटा मोटरसाइकलमा आएका सात÷आठजनाको समूहले ट्रकका चालक बस्ने क्याबिनमा पेट्रोल छरेर आगो लगाई फरार भएको थिए । रासस
No comments:
Post a Comment