काठमाडौँ, १० मङ्सिर । अखिल नेपाल महिला सङ्घले सबै प्रकारका महिला हिंसाको अन्त्य गरी राष्ट्रिय कार्ययोजना बनाई घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर महिनाभरि गर्ने कार्यक्रम गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष सीता पौडेलले महिला हिंसाविरुद्धको राष्ट्रिय अभियानको सन्र्दभ पारेर देशले भोग्नुपरेको वर्तमान सङ्कटबाट मुक्त गरी जनजीवन सहज बनाउन सरकारलाई सचेत गराउने बताउनुभयो ।
मङ्सिर १७ गते ७५ जिल्लाका कार्यालयमा ज्ञापनपत्र बुझाउने, वर्तमान राष्ट्रिय सङ्कट र त्यसले सिर्जना गरेको महिला हिंसा विषयमा अन्तक्र्रिया कार्यक्रम गर्ने र युवा विद्यार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरिएको सङ्घका महासचिव यममाया थापाले जानकारी दिनुभयो ।
‘सबै प्रकारका हिंसा अन्त्य गरौँ, सविधानमा समावेश महिलाअधिकार कार्यान्वयन गरौँ’ भन्ने नारा लिई सङ्घले औषधि, इन्धनलगायतका आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाई प्रभावकारी अनुगमन गरी कालोबजारलाई रोक्न अपिल गरिएको छ ।
सङ्घका केन्द्रीय प्रचार विभाग प्रमुख शान्ति अधिकारीले छिटोभन्दा छिटो आन्दोलनरत पक्षसँग वार्ता गरी समस्या समाधान गर्न अनुरोध गर्नुभयो । रासस
No comments:
Post a Comment