इटहरी, १ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सुनसरी जिल्लाको तालतलैया क्षेत्र पर्यटक लोभ्याउने गौरवपूर्ण स्थानका रुपमा विकास भइरहेकाले यसको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तालतलैया विकास तथा संरक्षण समितिले मन्त्री सुब्बाको सम्मानमा आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले पछिल्लो समयमा तालतलैया क्षेत्र अतिक्रमण हुँदै गएको बताउँदै त्यसलाई पुरानो योजनाअनुरुप नै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यो क्षेत्र इटहरीको मात्र नभएर नेपालकै लागि एउटा नमुना पर्यापर्यटकीय क्षेत्रका रुपमा रहेकाले यस क्षेत्रलाई अरु आकर्षक र सुविधाजनक बनाउन आफूले सक्दो पहल गर्ने उहाँको भनाइ थियो । रासस
No comments:
Post a Comment