Monday, November 9, 2015

राज्यमन्त्री र सहायकमन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ, २३ कात्तिक । नवनियुक्त भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रम थापा र सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले आज यहाँ आयोजित समारोहमा शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठ र सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पनि शपथ गराउनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले वैशाख १२ गते भएको विनाशकारी भूकम्पका कारण त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई सरकारले जतिसक्दो चाँडो छानामुनि ल्याउने तयारी गरिरहेको छ भन्नुभयो ।

उहाँले भूकम्प र एक महिना अघिदेखि भइरहेको नाकाबन्दीबाट विविध सङ्कटको अवस्था भोगिरहेका जनता र देशलाई ध्यानमा राखेर एकबद्ध हुँदै काम गर्नसमेत मन्त्रीलाई अपिल गर्नुभयो ।

सो समारोहमा उपप्रधानमन्त्री कमल थापा, विभिन्न राजनीतिक दलका नेता, सांसद र विभिन्न मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts