Thursday, November 26, 2015

महासङ्घको अध्यक्षतामा लम्साल

काठमाडौँ, १० मङ्सिर । गैरसरकारी संस्था महासङ्घ नेपालको आठाँै महाधिवेशनले गोपाल लम्सालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्य समितिमा महिला, खुला, क्षेत्रीय, मनोनती र पदेन सदस्यसहितको प्रतिनिधित्व देशभरबाट गरिएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लम्सालले गैरसरकारी क्षेत्रको वर्तमान अवस्था तथा उनीहरुको योगदानलाई एकीकृतरुपमा समेट्ने बताउँदै गैरसरकारी संस्थाको क्रियाशीलबाट देश विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले संविधान जारी भएलगत्तै इन्धन तथा खाद्य पदार्थको आपूर्ति ठप्प हुँदा आवागमन तथा यातायात सञ्चालनमा अवरोध भएकाले जनजीवन प्रभावित भएकाले त्यसलाई समाधान गर्न आफ्नो संस्थाले सहजकर्ताका रुपमा दुवै पक्षसँग वार्ता तथा छलफलका लागि कार्य गर्ने जानकारी दिनुभयो ।

महासङ्घले अहिले मधेसमा चलेको आन्दोलनले मुलुकमा उत्पन्न समस्यालाई चाँडो समाधान गर्न सरकारलाई आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts