Sunday, November 15, 2015

ग्यासका बुलेट चीनबाट सिधै पा“चखाल ल्याउने चिनियाँ प्रस्ताव

काठमाडौँ, २९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनस“ग चीनका लागि नेपाली राजदूत डा महेश मास्केले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटी चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराउनुभयो ।

उहा“ले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेको र निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक सम्झौता हुन केही ढिलाइ भएको जानकारी गराउनुभएको उपराष्ट्रपति पुनका प्रमुख स्वकीय सचिव शुकबहादुर रोकाले राससलाई जानकारी दिनुभयो । राजदूत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हु“दै ल्याउन सकिने भए पनि ग्यासका बुलेट केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकाले तातोपानी नाकाबाट ल्याउने कोसिस भइरहेको बताउनुभयो ।

चिनियाँ पक्षले काभ्रेको पा“चखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पा“चखालसम्म ल्याउन चीन तयार रहेको जानकारी गराएको डा मास्केले जानकारी गराउनुभयो । “चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो सा“घुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामग्री केरुङबाटै ल्याऔँला, ग्यासको बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव गरेका छौँ” राजदूतलाई उद्धृत गर्दै स्वकीय सचिव रोकाले बताउनुभयो ।

राजदूत डा मास्केले पा“चखालमा चीन र नेपालको संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट चीनबाट सिधै पा“चखाल ल्याउने चीनको प्रस्ताव सकारात्मक छ भन्दै संयुक्त भन्सार स्थापनाका लागि पहल गर्न उपराष्ट्रपतिस“ग आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts