Thursday, November 5, 2015

‘सूचना प्रविधि र व्यवस्थापन’ मा अध्ययन पुसदेखि

काठमाडौँ, १९ कात्तिक । एसिया प्यासिफिक युनिभर्सिटी ९ब्एग्०, मलेसियासँगको शैक्षिक सहकार्यमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसले नेपालमा स्नातक तहमा आगामी शैक्षिक शत्रदेखि सूचना प्रविधि र व्यवस्थापन विषयको अध्यापन सुरु गर्ने भएको छ ।

रोजगारमुखी शिक्षाको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गर्दै फाउन्डेसनले ती विषयको अध्यापन गर्न लागेको फाउन्डेसनका कार्यकारी निर्देशक पङ्कज जालानले जानकारी दिनुभयो । यसका लागि शिक्षा मन्त्रालयबाट समेत स्वीकृति लिइसकिएको छ ।

तीन वर्षे (६ सेमेस्टर) रहेको सो विषय नेपालमा अध्ययन गर्ने विद्यार्थीले दुई वर्ष नेपालमा र एक वर्ष मलेसियामा नै गएर अध्ययन गर्ने व्यवस्थासमेत रहेको छ ।
सन् १९९८ मा स्थापित फाउन्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भई नेपालमा नै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधिजस्ता अत्याधुनिक विषयको अध्यापन गराउँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts