Thursday, November 19, 2015

सुरक्षा परिषद्को बैठक–देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

काठमाडौँ, ३ मङ्सिर । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ ।

बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र सुरक्षा स्थितिकाबारे विवेचना, विश्लेषण गरिएको जानकारी दिनुभयो ।

आपूर्ति व्यवस्थामा देखिएको असहजता र त्यसलाई कसरी समाधान गर्नेबारे बैठक केन्द्रित रहेको उहाँको भनाइ थियो ।

देशमा हाल रहेको इन्धन, ग्यासलाई सहजरुपमा वितरणका लागि आवश्यक व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ ।

देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थाबारे प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts