काठमाडौँ, २२ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघोषित नाकाबन्दी र त्यसबाट परेको असरबारे निजी क्षेत्रका उद्योगी व्यवसायीसँग आज छलफल गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी सहभागी छलफलमा व्यवसायीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दी हटाउन र देशमा उद्योगधन्दा सञ्चालन हुने वातावरण मिलाउन अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
बन्द हडतालका कारण उद्योग व्यवसाय धरासायी भएको र देशको अर्थतन्त्रमा ठूलो धक्का पुगेकाले सरकार गम्भीर हुनुपर्ने उनीहरुले बताए । मन्त्री पौडेलले सङ्कटको अवस्थामा उद्योगी व्यवसायीले गरेको पहलको प्रशंसा गर्दै समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणालगायत हुनुहुन्थ्यो । रासस
No comments:
Post a Comment