नेपालगन्ज, २२ कात्तिक । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको संविधानले सबै वर्ग, समुदाय, जाति, जनजातिको अधिकार सम्बोधनमा कुनै पनि भेदभाव नगरेको स्पष्ट पार्नु भएको छ ।
विभिन्न धार्मिक पर्वका अवसरमा सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “संविधानको पाना पल्टाएर हेरे हुन्छ, त्यहाँ कसैलाई पनि भेदभाव गरिएको छैन ।”
मधेस केन्द्रित केही दलका नेताले मधेसी जनतामा भ्रम सिर्जना गरी आन्दोलनका नाममा जनतालाई भ्रममा राखेको तर्क राख्दै नेता नेपालले सीमाङ्कन, नागरिकता वितरणसम्बन्धी व्यवस्थालगायत कहीँकतै पनि मधेसी जनतालाई भेदभाव गरेको छैन भन्नुभयो ।
उहाँले भारतलाई हामीले हृदयदेखि नै असल मित्र मान्दै आएको हो तर अहिले उसले अघोषित नाकाबन्दी गरेर हामीलाई सोच्न बाध्य पारेको छ भन्नुभयो ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अरु कुनै पनि मुलुकलाई अधिकार नभएको स्पष्ट पार्दै नेता नेपालले भन्नुभयो– “नेपालसँग भारतले सम्बन्ध राम्रो बनाउने हो भने आप्mनो चरित्रमा सुधार गर्नुपर्छ ।” रासस
No comments:
Post a Comment