Friday, November 27, 2015

भारतीय नम्बर प्लेटको गाडिमा आगजनी

लुम्बिनी (रुपन्देही), ११ मङ्सिर । रुपन्देहीको बुटवलमा रोकी राखिएको भारतीय नम्बर प्लेटको मिनी ट्रकमा आगजनी भएको छ ।

बुटवलको राजमार्ग चौराहामा आज ११ बजेतिर केरा बोकेको यूपि ५६–३०१६०१ नम्बरको मिनी ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । ट्रक बिहानैदेखि राजमार्ग चौराहामा रोकिएको थियो ।

ट्रकमा कस्ले आगो लगायो भन्ने पूर्णरुपमा खुल्न नसकेको भए पनि नेकपा माओवादीको नेत्रविक्रम चन्द समूहले लगाएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग र टायर जलेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts