रौतहट, १६ कात्तिक । रौतहट जिल्लाको सखअवा धमौरा गाविसस्थित वीरेन्द्रराजमार्गमा आज मोटरसाइकल र टायर गाढा एकआपसमा ठोक्ँिकदा एक व्यक्तिको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार एकआपसमा ठोक्ँिकदा सख्त घाइते भएका सर्लाही मानपुर गाविस–५ बस्ने २८ वर्षीय रामबच्चन साहको उपचारका क्रममा नेसनल मेडिकल अस्पताल वीरगन्जमा मृत्यु भएको छ ।
बिहान ८ बजे गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउने क्रममा साहले चलाएको मोटरसाइकल टायरगाडासँग ठोक्किएको थियो । प्रहरीले टायरगाडालाई नियन्त्रणमा लिएको छ । टायरगाडा चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment