Monday, November 2, 2015

रु एकतीस करोड राजस्व सङ्कलन

भद्रपुर, १६ कातिक । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनाको अवधिमा कुल रु ३० करोड ९९ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ ।

जसमा आम्दानी कर रु १० करोड ७१ लाख ६८ हजार, वहाल कर रु एक करोड ६० लाख ४३ हजार, व्याज कर रु एक करोड ५६ लाख ६६ हजार, मूल्य अभिवृद्धि कर रु १३ करोड ५६ लाख ३७ हजार, अन्तःशुल्क रु दुई करोड ६३ लाख ७१ हजार, स्वास्थ्य सेवा कर रु ६८ लाख ४३ हजार र शिक्षा सेवा कर रु २२ लाख ४५ हजार रहेको छ ।

साउन महिनामा रु १६ करोड ६० लाख ५९ हजार, भदौमा रु छ करोड ७५ लाख र असोजमा रु सात करोड ६४ लाख १४ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

साउन महिनामा लक्ष्यको १०८ प्रतिशत, भदौमा ५९ प्रतिशत र असोजमा ६८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts