काठमाडौँ, १५ कात्तिक । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ यही २०७२ साल कात्तिक १९ देखि २२ गतेसम्म जावलाखेलको खेल मैदानमा हुने भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले दीपावली तथा तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी आयोजना गर्न लागेका हो ।
मेलामा व्यावसायिक स्टल, सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ३६ वटा प्रदर्शनी कक्ष रहनेछन् । मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल बिरुवासमेत प्रदर्शनीमा राखिनेछ ।
मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल बिरुवासमेत रहनेछ भने यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको छ ।
पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
यहाँ आज आयोजित पत्रकारसम्मेलनमा मेला संयोजक दिलीप बादेले यस किसिमको प्रतियोगिताले उत्पादकको स्वच्छ प्रतिस्पर्धाको विकास भई व्यावसायिक सीप अभिवृद्धि हुने र गुणस्तरीय फूल बिरुवा उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment