लुम्बिनी (रुपन्देही), ३० कात्तिक । आइतबार ५३ वटा इन्धनका गाडी भित्रिएको रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट आज चार वटा मात्रै भित्रिएका छन् ।
आज साँझ ६ बजेसम्ममा सो नाकाबाट तीन बुलेट ग्यास र एउटा डिजेलको गाडी मात्रै नेपाल भित्रिएका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार मालबाहक ट्रक २०५, पर्यटक सवार बस २९, पिकअप ३१ र अन्य ७८ वटा गाडी नेपाल भित्रिएका छन् ।
इन्धनका गाडी भने साँझ ५ बजेपछि मात्रै नेपाल छिरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । आइतबार बेलहिया नाकाबाट इन्धनका गाडीसहित झन्डै ३०० मालबाहक साधन नेपाल भित्रिएका थिए । रासस
No comments:
Post a Comment