Saturday, November 28, 2015

पूर्व मन्त्री घर्ती अस्पताल भर्ना

काठमाडौँ, १२ मङ्सिर । पूर्व मन्त्री एवम् माओवादी नेत्री जयपुरी घर्ती मुटुमा समस्या देखिएपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

उहाँलाई अति सघन कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको अखिल (क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्यमा सुधार भएको तथा खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको पुनले बताउनुभयो ।

नेत्री घर्तीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महरा, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायत आज अस्पताल पुग्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts