पोखरा, १२ पुस । कास्कीको लेखनाथ नगरपालिका–१२ गगनगौंडामा आज धुवाँले निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।
कोठा तताउन शनिबार राति बालेको कोइलाको चुलोबाट निस्किएको धुवाँमा निस्सासिएर ४५ वर्षीय ईन्द्रप्रसाद अधिकारी र उनका आठ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक गुजुसिंह बज्राचार्यले जानकारी गराउनुभयो ।
उहाँका अनुसार स्थानीयवासीको खबरसँगै बिहान पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका ईन्द्रप्रसाद, उनकी श्रीमती सावित्री र नावालक छोरालाई उपचारका लागि गण्डकी अस्पताल पोखरामा ल्याइएकामा बाबु र छोराको मृत्यु भएको हो । ३५ वर्षीय सावित्रीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment