जनकपुरधाम, १२ पुस । आन्दोलनकारी र प्रहरीबीचमा भएको झडपमा आठजना घाइते भएका छन् ।
जनकपुरको गोपाल धर्मशाला र जानकी चौकीनजिक दिउँसो भएको झडपमा आठजना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार झडपमा सुरक्षाकर्मीतर्फ चार र आन्दोलनकारीतर्फ चारजना घाइते भएका छन् ।
घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने झडप अहिले पनि जारी रहेका कारण जनकपुर तनाबग्रस्त बनेको छ ।
प्रहरीले स्थिति नियन्त्रणका लागि गोली र अश्रुग्यास प्रहार गरेपनि झडप साम्य हुन सकेको छैन । स्थानीय प्रशासनले झडपको स्थितिलाई ध्यानमा राख्दै सरकारी कार्यालयमा सुरक्षाकर्मीलाई तैनाथ गरेको छ ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले प्रहरीले नौजना आन्दोलनकारीलाई पक्राउ गरी नियन्त्रणमा राखेको बताउनुभयो । रासस
No comments:
Post a Comment