Wednesday, December 9, 2015

बसको ठक्करबाट एकको मृत्यु

सुरुङ्गा (झापा), २३ मङ्सिर । यात्रुवाहक बसको ठक्करबाट आज झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का ४० वर्षीय गङ्गाराम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विश्वकर्मालाई पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा चोकमा बाटो काट्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ९९९९ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट टाउकामा गम्भीर चोट लागेका विश्वकर्माको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा मृत्यु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts