Wednesday, December 9, 2015

सांसद कोइरालासहति पाँचजना सम्मानित

परासी, २३ मङ्सिर । नवलपरासीको गैँडाकोट क्षेत्रको सडक निर्माणमा सहयोग गर्ने सांसद डा शशाङ्क कोइरालासहित पाँचजना सम्मानित भएका छन् ।

आज गैंडाकोटमा एक कार्यक्रमको आयोजना गरी गैंडाकोटवासीले चारवटा भित्री सडक निर्माणमा सहयोग गर्ने पाँचजनालाई सम्मान गरेका हुन् ।

नेपाली काँग्रेसका नेता एवम् सोही निर्वाचन क्षेत्रका सांसद डा शशाङ्क कोइराला, गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रीप्रसाद तिवारी, साबिक गैँडाकोट गाविसका निवर्तमान अध्यक्ष ओमप्रसाद सापकोटा, समाजसेवी करुणासागर सुवेदी र समाजसेवी द्रोणवन सन्यासीलाई सम्मान गरिएको हो ।

ती सडक स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति, गैँडाकोट नगरपालिका र स्थानीयवासीको आर्थिक सहयोगमा रु एक करोड २० लाखको लागतमा निर्माण भएको हो ।

सम्मान ग्रहण गर्दै नेता कोइरालाले विकास निर्माणमा गैँडाकोटवासीले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts