दमौली, २३ मङ्सिर । लुकीछिपी लागुऔषध प्रयोग गर्दैआएका पाँचजनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
पाटन र शान्तिनगर क्षेत्रबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक विजयराज पण्डितले बताउनुभयो ।
उनीहरुबाट फेनरागन, डाइजेपाम, नुर्फिन गरी १२ थान लागुऔषध बरामदसमेत गरिएको छ ।
गोप्य सूचनाका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले लागुऔषधविरुद्धको अभियानलाई तीव्र बनाउन तनहुँ जिल्लाभित्रका सम्भावित ठाउँमा सादा पोसाकमा प्रहरी खटाई गोप्य सूचना लिने कामसमेत गरिरहेको बताइएको छ । रासस
No comments:
Post a Comment